सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग 'हाम्रो दिमिक अनलाइन'
पटिल्लो पटक : लिबियाका अपदस्त शासक...<< कसरी पडक्यो मान्छे मर्ने गरी कम्प्युटर...<< सेनाको विमान खसेको ठाउँको फोटो फिचर<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< Sponsered by Garhaun Kalika Online

Thursday, October 27, 2011

प्रधानमन्त्रीले नेपालभाषामा सम्बोधन गर्दा सबै छक्क


उमेश श्रेष्ठ, काठमाडौँ, कात्तिक १०
 - नेपाल संवत्‌को नयाँ वर्षको अवसरमा आयोजना हुने सभामा २०४६ सालपछि सँधै प्रधानमन्त्री प्रमुख अतिथि हुने गरेका छन्। तर यस पटक जब बाबुराम भट्टराईले सम्बोधन सुरु गरे, आयोजक र सहभागी सबै छक्क परे। कानमा फूल सिउरेर नेवार शैलि देखाउन खोजेका भट्टराईले सकीनसकी पूरै भाषण नेपालभाषामा गरे। उच्चारणमा केही समस्या भए पनि लिखित भाषण भट्टराईले सुरुदेखि अन्त्यसम्म नेपालभाषामा नै वाचन गरे। सहभागी सबैले ध्यान दिएर उनको सम्बोधन सुने र ताली बजाई बजाई साथ दिए।
पञ्चायत कालमा रेडियो नेपालबाट प्रसारण हुने १५ मिनेटको नेपालभाषाको कार्यक्रममाथि रोक लगाएपछि भाषिक र सांस्कृतिक पहिचानका लागि सुरु भएको आन्दोलनका अगुवा तथा कार्यक्रमका सभापति पद्मरत्न तुलाधर प्रधानमन्त्रीको सम्बोधनबाट यति भावुक भए कि उनले आँसु रोक्न सकेनन्।
गला अवरुद्ध पार्दै उनले प्रधानमन्त्रीलाई नयाँ नेपालमा सबै जातिको भाषा नेपाल राष्ट्रको भाषा हुने भएकोले अब तामाङको कार्यक्रममा जाँदा तामाङ भाषामा, गुरुङको कार्यक्रममा जाँदा गुरुङ भाषामा सम्बोधन गर्न आग्रह गरे। 'नेपालको इतिहासमा प्रधानमन्त्रीले नेपालीबाहेकको भाषामा सम्बोधन गरेको यो पहिलो अवसर हो, सबै भाषा समान् हुन् भनी देखाउन यो आवश्यक छ', उनले भट्टराईलाई धन्यवाद दिँदै भने।
भट्टराईले भने आफ्नो सम्बोधनमा नेपालसंवत्‌लाई व्यवहारिक प्रयोजनमा ल्याउन आफ्नो नेतृत्वको सरकारले सरकारी क्यालेन्डरमा यसका तिथिमिति प्रयोग गर्ने र थप व्यवस्थाका लागि सुझाव दिन एउटा कार्यदल गठन गर्ने निर्णय दुई दिनअघि मात्र गरेको जानकारी दिए।
'नेपाल संवत्‌‌ नेवार जातिको मात्र संवत्‌ हैन', प्रधानमन्त्री भट्टराईले परम्परागत रुपमा बसन्तपुरमा हुँदै आए पनि यस पटकदेखि टुँडिखेल खुलामञ्चमा गर्न थालिएको सभालाई सम्बोधन गर्दै भने, 'यो संवत् नेपाल देशकै ऐतिहासिक संवत्‌ हो। यो तथ्यबाट कोही पनि भ्रममा नपरुन्। '
'नेपालसंवत्‌लाई राष्ट्रकै आधिकारिक संवत्‌ हो भन्ने चेतना जागृत गराउने अभियानमा लागेका नेपालभाषा मंका खलः लगायत विभिन्न समूहलाई नेपालका राजनीतिक पार्टी र नेपाल सरकारका तर्फबाट सम्मान गर्नुपर्छ' प्रधानमन्त्रीले भने, 'नेपाल संवत्‌‌लाई राष्ट्रिय संवत्‌का रुपमा मान्यता नदिइराखेको अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यसलाई मान्यता दिएको हो। अझै यसलाई व्यवहारिक रुपमा कार्वान्वयन गर्न धेरै गर्न बाँकी छ।'
शान्ति प्रक्रिया र संविधान लेखनमा सहयोगी भूमिका निर्वाह गर्न पनि उनले सबै नेवार समुदायलाई अपील गरे।

No comments:

Post a Comment