सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग 'हाम्रो दिमिक अनलाइन'
पटिल्लो पटक : लिबियाका अपदस्त शासक...<< कसरी पडक्यो मान्छे मर्ने गरी कम्प्युटर...<< सेनाको विमान खसेको ठाउँको फोटो फिचर<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< Sponsered by Garhaun Kalika Online

Thursday, October 27, 2011

१ सय २० बर्षे बृद्धले झ्याइँ पारे


बुढापाकाले दशैँमा टिका लगाइदिँदा विशासय आयु होस् वा एकसय बिस वर्ष बाँचेस् भनेर आशिक दिन्छन् । त्यसैले मान्छेका लागि १ सय २० वर्ष बाँच्नु पनि भाग्यकै कुरा हो । तर भारतको असमका एक मानिस भने एक सय बिस वर्षम्म बाँचेका मात्र छैनन् उनले त यो उमेरमा बिहे गरेर सबैलाई अचम्ममा पारेका छन् ।
करिमगञ्जको सतघोरी गाउँका मीत हाजी अब्दुल नूरले १ सय २० वर्षो उमेरमा बिहे गरेका हुन् । यति धेरै बुढाले कुन उमेरकी दुलही भित्राएका होलान् भन्ने जिज्ञासा सबैमा उत्पन्न हुनसक्छ । उनले आफ्नो उमेरको अनुपातमा साँच्चीकै तरुनी बेहुली पाएका छन । नूरले आफुभन्दा आधा उमेर कान्छी अर्थात् ६० वर्षी महिलासँग झ्याइँ पारेका हुन् ।
गएको आइतबार भएको बिहेमा उत्तर त्रिपुराको फूलबारी गाउँका सामोइ बीबी ६ बीस उमेर कटेको मान्छेलाई लोग्नेको रुपमा पाउँदा खुसी देखिन्थिन् । बिबाह समारोह भव्य भएको थियो र झण्डै ५ सय जना पाहुनालाई निम्तो गरिएको थियो ।
नूरले मतदाता सूचिमा आफ्नो उमेर १ सय १६ वर्षउल्लेख भएपनि आफ्नो खास उमेर १ सय २० वर्षरहेको बताए ।
पहिली श्रीमतीको ६ वर्षघि निधन भएलगत्तै नूरले दोश्रो बिहे गर्न खोजेका थिए । तर डाँडापारीको जून भएको मान्छेलाई कसले छोरी दिन्थ्यो र – तर इश्वरले जोडि जुराइदिएपछि के लाग्छ । पहिले बिहे गरेको लोग्ने मरेर विधवा बनेकी र छोराछोरी नभएकी बीबीको भाग्यमा दोश्रो लोग्नेको रुपमा नूरलाई पाउन लेखेको रहेछ ।

प्रधानमन्त्रीले नेपालभाषामा सम्बोधन गर्दा सबै छक्क


उमेश श्रेष्ठ, काठमाडौँ, कात्तिक १०
 - नेपाल संवत्‌को नयाँ वर्षको अवसरमा आयोजना हुने सभामा २०४६ सालपछि सँधै प्रधानमन्त्री प्रमुख अतिथि हुने गरेका छन्। तर यस पटक जब बाबुराम भट्टराईले सम्बोधन सुरु गरे, आयोजक र सहभागी सबै छक्क परे। कानमा फूल सिउरेर नेवार शैलि देखाउन खोजेका भट्टराईले सकीनसकी पूरै भाषण नेपालभाषामा गरे। उच्चारणमा केही समस्या भए पनि लिखित भाषण भट्टराईले सुरुदेखि अन्त्यसम्म नेपालभाषामा नै वाचन गरे। सहभागी सबैले ध्यान दिएर उनको सम्बोधन सुने र ताली बजाई बजाई साथ दिए।
पञ्चायत कालमा रेडियो नेपालबाट प्रसारण हुने १५ मिनेटको नेपालभाषाको कार्यक्रममाथि रोक लगाएपछि भाषिक र सांस्कृतिक पहिचानका लागि सुरु भएको आन्दोलनका अगुवा तथा कार्यक्रमका सभापति पद्मरत्न तुलाधर प्रधानमन्त्रीको सम्बोधनबाट यति भावुक भए कि उनले आँसु रोक्न सकेनन्।

Wednesday, October 26, 2011

संसारकै अग्लो टावरमा नेपालीको पनि योगदान


दुबई -यूएई, कार्तिक ९ - 
संयुक्त अरब इमिरेट्स (यूएई) को एक स्वायत्त प्रान्त (इमिरेट) दुबईस्थित संसारकै अग्लो टावर 'बुर्ज खलिफा' निर्माणमा नेपालीले पनि विशेष योगदान पुर्‍याएको भेटिएको छ । विशेष योगदान पुर्‍याउने व्यक्तिहरूको फोटो राखिएको लहरमा दुई नेपालीको पनि फोटो राखिएको छ ।
योगदानयोगदान
१ सय ६० तलाको ८ सय २८ मिटर अग्लो बुर्ज खलिफा संसारकै मानव निर्मित अग्लो टावर हो । करिब साढे ५ वर्ष लगाएर तयार गरिएको यो टावर गत वर्षदेखि सबैका लागि खुला छ । ०६१ असोज ५
(२१ सेप्टेम्बर २००४) मा सुरु भएको टावरको उद्घाटन २०६६ पुस २० -४ जनवरी २०१०) मा भएको थियो ।
टावर अवलोकन गरेर लिफ्टबाट झरेपछि बाहिर निस्कनुअघिको पहिलो तलामा विशेष योगदान दिने १४ महिलासहित ९० जनाको फोटो छ । देश नछुट्टयाई अंग्रेजी र अरबिक भाषामा नाम थर, पेसा र कम्पनीको नाम लेखेर राखिएका ती फोटामध्ये २ नेपालीको भएको यहाँ कार्यरतहरूको भनाइ छ । विशेष योगदानमा दिनेको फोटो लहरमा मजदुरदेखि इन्जिनियर, आयोजना -प्रोजेक्ट) प्रमुख कार्यकारी अधिकृत -सीईयो), अध्यक्षसम्म छन् ।
६ वटा ठूला पेममा राखिएका ब्ल्याक एन्ड ह्वाइट रंगका फोटामध्ये पहिलो पेममा झमकबहादुर श्रेस्मा र पाँचांै पेममा लक्ष्मण श्रेष्ठको फोटो छ । २० जनाको फोटो भएको पेममा श्रेस्माको फोटोमुनि सुरक्षा निरीक्षक, सामसुङ, बेसिक्स, अरबटेक जेभी मेन कन्ट्राक्टर लेखिएको छ ।

Tuesday, October 25, 2011

५२७ नेपाली विद्यार्थी अस्ट्रेलियाबाट देशनिकाला


महिला विद्यार्थी गैरकानुनी वेश्यालयमा समेत काम गर्थे

अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुमाथि कडा निगरानी गर्न थालेपछि गत वर्ष हजारौँलाई विद्यार्थी भिसा रद्द गर्दै देश निकाला गरिएको छ। त्यसरी निकाला हुने मध्ये ५ सय २७ जना नेपालका परेका छन्। त्यहाँको अध्यागमन विभागले गएको वर्ष १५ हजार ६६ जना विद्यार्थीलाई देश निकाला गरेको थियो, जुन अघिल्लो वर्षभन्दा ३७ प्रतिशतले बढी हो। निकाला भएका मध्ये ३ हजार ६ सय २४ जना क्लासमा नजाने वा विषयमा फेल हुनेहरु छन् भने २ हजार २ सय ३५ भिसा आफूले जे विषय पढ्छु भनेर आएको हो, त्यो नपढी गैरकानुनी रुपमा काम गर्नेहरुको रद्द भएको हो। द डेली टेलिग्राफका अनुसार ती मध्ये केही वेश्यालयमा समेत काम गर्थे। देश निकाला गरिएका ५२७ जना नेपाली मध्ये कति पुरुष र कति महिला भन्ने तथ्याङ्क आएको छैन, वेश्यालयमा काम गरिरहेको भन्दै निकाला गरिनेमा नेपाली छात्राहरु पनि परेका छन् कि छैनन्, खुलेको छैन। तर दुई वर्षअघि अस्ट्रेलियामा रहेको नेपाली दूतावासले यस्तो लेखी सरकारलाई सचेत गराएको थियो-
“विद्यार्थीका रुपमा अस्ट्रेलिया आएका कतिपय नेपाली युवती रोजगारी नपाएपछि बेखर्ची भएर देहव्यापारमा लाग्न बाध्य भएका छन् भन्ने सुन्नमा आएको छ। भविष्यमा यो समस्या झन् गम्भीर बन्न सक्छ”

प्रचण्ड र बाबुराम पार्टी छोडेर जाउः गजुरेल


८ कात्तिक, सिन्धुली ।
 एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षका सचिव सीपी गजुरेलले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईलाई पार्टी छोडेर जान चेतावनी दिएका छन् ।
सिन्धुली सदरमुकाममा मंगलबार आयोजित एक कार्यक्रममा सचिव जगुरेलले प्रचण्ड र बाबुरामले नेपाली क्रान्तिमाथि धोका र गद्धारी गरेकाले उनीहरुलाई पार्टीमा बसिरहने नैतिक अधिकार नभएको दाबी गरे । प्रचण्ड र बाबुरामलाई कारबाही गरेर आफूहरुले पार्टीबाट बिदाई गरिदिने उनले घोषणा गरे । सचिव गजुरेलले भारतसँग प्रधानमन्त्री भट्टराईले गरेको बिपा सम्झौता राष्ट्रघाती भएको आरोप दोहोर्‍याए । प्रचण्ड बाुबरामले भारतको दलाली गर्नका लागि बिपा गरेको उनको आरोप छ । सम्झौताले भारतमा डुबेका उद्योग नेपाल भित्रने बाटो खुला गरेको उनको आरोप छ । बिपा सम्झौतामा भारतीय उद्योगले कमाएको नाफा आफ्नै देश लैजाने र घाटा भए नेपाल सरकारले व्यहोर्ने प्रावधान रहेको जिकिर गर्दै उनले त्यसबाट मुलुक आर्थिक टाट फर्किने भएकाले सोही कारण आफूहरुले बिपाको विरोध गरेको जिकिर गरे ।

मोटेहरु बढेपछि कार कम्पनीलाई पिरलो


विश्वका धनी देशहरुका मानिसमा मोटोपन भयानक समस्याको रुपमा विकशित भैरहेको छ । मोटोपन मानिसको स्वास्थ्यका लागि मात्र हानिकारक छैन यो कार कम्पनीहरुलाई पनि टाउको दुखाइको विषय बनेको छ । मानिसहरुमा मोटोपन बढ्दै जाँदा कम्पनीहरुले उत्पादन गर्दै आएका कारको आकार बढाउनुपरेको छ ।
एक तथ्यांकले मानिसमा मोटोपन बढेकै कारण पछिल्लो ६० वर्षमा सामान्य कारको चौडाइ औषतमा एक फुटले बढाउनुपरेको छ । तौल पनि झण्डै दोब्बर भएको छ । ठूलो आकारका तिघ्रा, ठूलो आकारको सरीर तथा बढि चौडा औँलाको लागि अनुकुलित गर्न सोही प्रकारले कारको भित्री भाग समेत परिवर्तन गर्नुपरेको छ ।
सन् १९५३ मा फोर्ड पर्फ]{ट कारको चौडाइ १ सय ४४ सेन्टिमिटर रहेकोमा अहिले सोही मोडलको कारको चौडाइ १ सय ८६ सेन्टिमिटर छ । त्यस्तै होन्डाले पनि मोटेहरुलाई लक्षित गरी आफ्नो सिटको चौडाइ २ इन्चले बढाएको छ । यस्तै मर्सिडिज कारले मोटाहरु चढ्दा कारको सामान नटुटोस् भनेर ढोकाको ह्यान्डिललाई अझै बलियो पार्ने योजना बनाएको छ ।
कार ड्राइभर तथा कारमा चढ्ने अरु यात्रुको आकार बढेसँगै कारको आकार निरन्तर बढाउन नसकिने भएकाले अब नयाँ पुस्ताको कारलाई नयाँ ढाँचामा रुपान्तरण गर्ने सोँच कम्पनीहरुले बनाएका छन् ।

जापानी युवतीमा कुकुर दाँत बंग्याउने फेसन


अमेरिकीहरु दाँत सिधा पार्न, चम्काउन तथा उपचारका लागि ठूलो रकम खर्च गर्छन् । अमेरिकी स्वास्थ्य तथा मावन सेवा मन्त्रालयले सन् २०१२ मा दाँतकै लागि अमेरिकीले १ खर्ब डलर भन्दा बढि खर्च गर्ने अनुमान गरेको छ । तर जापानमा भने दाँत बंग्याउने अनौठो फेसन चलेको छ । जापानका युवतीहरुमा अहिले धमाधम माथिल्ला दुइवटा चोर दाँत अगाडितिर बंग्याउने फेसन चलेको छ ।
कुकुर दाँतलाई अगाडितिर तान्ने फेसनलाई जापानमा येबा भनिन्छ, जसको अर्थ दोब्बर दाँत भन्ने हुन्छ । यसरी कुकुर दाँत अगाडितिर तानेका तरुनीहरु निकै आकर्ष देखिने र उनीहरुलाई जापानी युवाले मन पराउने गरेका बताइन्छ । यसो गर्न कतिपयले प्लास्टिकका कृत्रिम चोरदाँत समेत हाल्ने गरेका छन् ।
जापानी युवतीहरुबीच सिधा तथा भित्रतिर फर्केका कुकुर दाँत राम्रा मानिँदैनन् एक युवती भन्छिन् , बाहिरतिर बांगिएका कुकुर दाँत हुने युवतीप्रति मात्र तन्नेरीहरु आकर्षित हुन्छन् ।
जापानी युवतीहरुमा माथिल्ला कुकुर दाँत बाहिरतिर बंग्याउने फेसन रहेजस्तै पश्चिमा देशका युवाहरुमा माथिल्ला अघिल्ला दुइ दाँतको बिचमा छिद्र बनाउने फेसन छ ।

Sunday, October 23, 2011

गद्धाफी हत्यापछीको रडाको


लिबिया अन्तरिम सरकार प्रमुखविरुद्ध युद्ध अपराधीको अभियोग लाग्ने सम्भावना


विद्रोहीको नियन्त्रणमा ज्युदै रहेका गद्धाफी ।
मुअम्मार गद्धाफीको मृत्यु भएकोमा खवर पुष्टी भए लगत्तै राष्ट्रसंघका महासचिव बान कि मुनले प्रतिकृया दिए– गद्धाफी मर्नु एक ऐतिहासिक दिन हो।’ बेलायत, अमेरिका, फ्रान्सका शासक लगायतकाले समेत गद्धाफीको मृत्युमा खुसी सार्वजनिक गरिरहेका थिए। त्यही विचमा उत्साहितहुँदै मुनले समेत यसलाई ऐतिहासिक दिन भएको बताए। तर, उनी अर्न्तगतकै संयुक्त राष्ट्रसंघिय मानवअधिकार उच्चायुक्तको कार्यालयले गद्धाफीको मृत्यु नभई हत्या भएको भन्दै अनुसन्धानका लागी जोड दिएपछी मुन समेत संकटमा परे।
गद्धाफी हत्याको दोस्रो दिन उनको लासलाई कसरी कसैले पत्तो नपाउने गरी गाड्ने भन्ने बहस भईरहेकै बेला राष्ट्र संघिय मानवअधिकार उच्चायुक्तको कार्यालयले तत्काल गद्धाफीको अन्तीम संस्कार रोक्न माग गर्दै उनको भिडन्तमा मृत्यु भएको नभई पक्राउ गरी हत्या गरेको हुनसक्ने भनाई सार्वजनिक गरेर गद्धाफीको अन्त्य भएकोमा जश्न मनाईरहेकाहरु झस्किए। मुस्लिम संस्कार अनुसार मृत्यु लगत्तै अन्तिम संस्कार गर्नुपर्ने भएपनी उच्चायुक्त कार्यालयको हस्तक्षेपपछी गद्धाफीको अन्तीम संस्कार रोकिएको छ। गद्धाफीको हत्या भएको हो या भिडन्तमा मृत्यु भएको अहिले सबैको ध्यान यही विषयमा अड्किएको छ।
गद्धाफीको मृत्यु सम्बन्धमा टेलिभिजन च्यालनवाट सार्वजनिक भएका भिडियो फुटेजवाट भिडन्तमा मारिएको नभई विद्रोहीले नियन्त्रणमा लिएर लछार पछारी पारेर गोली हानेर मारेको प्रष्टै दखिन्छ। त्यही फुटेजको आधारमा मानव अधिकार उच्चायुक्त नवी पिल्लईले गद्धाफीको मृत्यु भिडन्तमा नभई हत्या भएको हुनसक्ने भन्दै यसलाई युद्ध अपराधसँग लगेर विष्लेशण भयो। त्यसपछी घटनाक्रमले वेग्लै मोड लिइसकेको छ।
राष्ट्रसंघिय मानवअधिकार उच्चायुक्तको कार्यालयको हस्तक्षेपपछी लिबियाको अन्तरिम सरकारका पदाधिकारी अत्तालिएका छन्। उनीहरुले गद्धाफीको मृत्यु भिडन्तमै भएको दावीलाई नै दोहोर्‍याईरहेका छन्। तर, सार्वजनिक फुटेजले उनीहरुको दावी झुठो भएको पुष्टी गरिरहेको छ।

खुर्सानी खाने प्रतियोगिता


प्रतियोगिता पनि कस्ताकस्ता ? स्कटल्याण्डको एडिनबरामा हालै खुर्सानी खाने प्रतियोगिता भएको छ । त्यहाँ रहेको भारतीय व्यापारीको किस्मत रेष्टुरेन्टले संसारकै सबैभन्दा पिरो खुर्सानीको तरकारी खाने प्रतियोगिता गरेको हो ।
किस्मत किलर नामको प्रतियोगितामा भाग लिन २० जना साहसी मानिस आएका थिए । तर विडम्बना अलिकति खुर्सानी खानेबित्तिकै धेरैजसो जमिनमा लडे, कोही अचेत भए भने कतिले उल्टी गरे । दुइजनालाई त अस्पताल नै लैजानुपर्यो । आधाजसो मानिस सुरुमै लडेपछि बाँकी रहेका प्रतियोगिले पनि सबै खुर्सानी खाने आँट गरेनन् जसका कारण प्रतियोगितामा कोहीपनि विजयी भएन ।
प्रतियोगीलाई खुर्सानी खाने प्रतियोगितामा सहभागि हुनुभन्दा पहिला ने ज्यानको जोखिम वा अरु कुनै स्वास्थ्य समस्या आएमा आफै जिम्मेबार हुने भनी करारनामा गराइएको थियो ।
रेष्टुरेन्टका मालिक अब्दुल अली आफुले यो प्रतियोगिताबाट च्यारिटीको लागि सयौँ डलर संकलन गर्न सफल भएको बताउँछन् ।
यो प्रतियोगिताका आलोचकहरु यसले मानिसको जिवनमै खेलवाड गरेको बताउँछन् ।

कालोझण्डा देखाउँदै बैद्य पक्षले प्रधानमन्त्रीको राजीनामा माग्यो (फोटो फिचरसहित)


६ कार्तिक, काठमाडौं ।
 एकीकृत नेकपा माओवादीको मोहन बैद्य समूहले आफ्नै पार्टीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा मागेको छ ।
भारतसँग भएको द्धिपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षणसम्वन्धी बिपा सम्झौता राष्ट्रघाती भएको भन्दै बैद्य पक्षीय नेता कार्यकर्तालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउँदै राजीनामा मागेको हो ।
आइतबार बसेको १५ बटा जनबर्गिय संगठनका बैद्य पक्षीय नेताहरुको बैठकले बिपा सन् १९५० को सन्धि जस्तै राष्ट्रघाती भएको ठहर गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने निर्णय गरेको थियो । बैठकपछि जारी संयुक्त विज्ञप्तीमा भनिएको छ-’नेपाली उद्योगी र व्यवसायीलाई सुविधा र सहुलियत दिएर राष्ट्रिय अर्थतन्त्रको विकासमा जोड दिनु पर्ने बेला भारतीय व्यवसायीलाई राष्ट्रले क्षतिपूर्ति दिने जस्ता सर्तमा सम्झौता गर्नु सन् १९५० को असमान सन्धि जस्तै असमान राष्ट्रघाती सम्झौता हुन पुगेको छ ।’
बाबुरामले पार्टी अनुशासन तोडेः वादल
माओवादी महासचिव रामबहादुर थापा वादलले प्रधानमन्त्री भट्टराईले पार्टीको आधिकारीक निर्णयविपरीत भारतसँग बिपा सम्झौतामा हस्ताक्षर गरेर पार्टी अनुशासन तोडेको आरोप लगाउनुभएको छ । चितवनको भरतपुरमा आइतबार उपाध्यक्ष मोहन वैद्य पक्षधर बुद्धिजिवीहरुको भेलालाई सम्बोधन गर्दै वादलले संस्थापन पक्षले अराजकताको हद नाघेर पार्टीविरोधी गतिविधि गरिरहेको जिकिर गर्नुभयो ।
वादलले लडाकूको साँचो प्रकरण, मधेसी मोर्चासँग भएको चारबुँदे सहमति र बिपा सम्झौतासम्म आइपुग्दा संस्थापन पक्षको गैरजिम्मेवार र राष्ट्रघाती चरित्र उदाङ्गिएको आरोप लगाउनुभएको थियो । पार्टी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराई स्वदेश फर्किएलगत्तै बिपा सम्झौताबारे स्पष्टीकरण माग्ने वादलको भनाई थियो । भट्टराई भारत जानुअघि बिपा सम्झौताको कुरा उठेपछि पार्टी स्थायी समितिले उक्त सम्झैता नगर्न स्पष्ट दिर्नेशन दिएको उहाँ दावी छ ।
वादलले दशैं अगाडि अध्यक्ष पुष्पकमल दाहालले पार्टीका कुनै पनि नेतालाई जानकारी नदिई सुटुक्क सिलुगुढी पुगेर भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिसँग गोप्य भेटघाट गरेको आरोप लगाएको लगाउनु भएको छ । वादलले यस्तै संस्थापनको यस्तै मनोमानी जारीरहे आफूहरु पार्टीमा बस्न नसक्ने र बस्नुको पनि कुनै औचित्य नहुने बताउनुभएको थियो ।

टर्कीमा ७.२ रिक्टर स्केलको शक्तिशाली भूकम्प


६ कार्तिक, काठमाडौं । 
टर्कीको पूर्वी भागमा ७ दशमलव २ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण थुप्रै घरहरु भत्किएका छन् भने कयौ मानिसहरुका हताहत भएको अनुमान गरिएको छ ।
टेभिजिजनहरुले क्षतिग्रस्त घरहरुको दृष्य देखाएका छन् । इरानको सीमासँग जोडिएको सटेवैन प्रान्तमा ठूलो क्षति भएको बताइएको छ । टर्कीमा सन् १९९९ मा गएको शक्तिशाली भूकम्पका कारण २० हजारको ज्यान गएको थियो ।