सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग 'हाम्रो दिमिक अनलाइन'
पटिल्लो पटक : लिबियाका अपदस्त शासक...<< कसरी पडक्यो मान्छे मर्ने गरी कम्प्युटर...<< सेनाको विमान खसेको ठाउँको फोटो फिचर<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< Sponsered by Garhaun Kalika Online

Sunday, October 23, 2011

कालोझण्डा देखाउँदै बैद्य पक्षले प्रधानमन्त्रीको राजीनामा माग्यो (फोटो फिचरसहित)


६ कार्तिक, काठमाडौं ।
 एकीकृत नेकपा माओवादीको मोहन बैद्य समूहले आफ्नै पार्टीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा मागेको छ ।
भारतसँग भएको द्धिपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षणसम्वन्धी बिपा सम्झौता राष्ट्रघाती भएको भन्दै बैद्य पक्षीय नेता कार्यकर्तालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउँदै राजीनामा मागेको हो ।
आइतबार बसेको १५ बटा जनबर्गिय संगठनका बैद्य पक्षीय नेताहरुको बैठकले बिपा सन् १९५० को सन्धि जस्तै राष्ट्रघाती भएको ठहर गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने निर्णय गरेको थियो । बैठकपछि जारी संयुक्त विज्ञप्तीमा भनिएको छ-’नेपाली उद्योगी र व्यवसायीलाई सुविधा र सहुलियत दिएर राष्ट्रिय अर्थतन्त्रको विकासमा जोड दिनु पर्ने बेला भारतीय व्यवसायीलाई राष्ट्रले क्षतिपूर्ति दिने जस्ता सर्तमा सम्झौता गर्नु सन् १९५० को असमान सन्धि जस्तै असमान राष्ट्रघाती सम्झौता हुन पुगेको छ ।’
बाबुरामले पार्टी अनुशासन तोडेः वादल
माओवादी महासचिव रामबहादुर थापा वादलले प्रधानमन्त्री भट्टराईले पार्टीको आधिकारीक निर्णयविपरीत भारतसँग बिपा सम्झौतामा हस्ताक्षर गरेर पार्टी अनुशासन तोडेको आरोप लगाउनुभएको छ । चितवनको भरतपुरमा आइतबार उपाध्यक्ष मोहन वैद्य पक्षधर बुद्धिजिवीहरुको भेलालाई सम्बोधन गर्दै वादलले संस्थापन पक्षले अराजकताको हद नाघेर पार्टीविरोधी गतिविधि गरिरहेको जिकिर गर्नुभयो ।
वादलले लडाकूको साँचो प्रकरण, मधेसी मोर्चासँग भएको चारबुँदे सहमति र बिपा सम्झौतासम्म आइपुग्दा संस्थापन पक्षको गैरजिम्मेवार र राष्ट्रघाती चरित्र उदाङ्गिएको आरोप लगाउनुभएको थियो । पार्टी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराई स्वदेश फर्किएलगत्तै बिपा सम्झौताबारे स्पष्टीकरण माग्ने वादलको भनाई थियो । भट्टराई भारत जानुअघि बिपा सम्झौताको कुरा उठेपछि पार्टी स्थायी समितिले उक्त सम्झैता नगर्न स्पष्ट दिर्नेशन दिएको उहाँ दावी छ ।
वादलले दशैं अगाडि अध्यक्ष पुष्पकमल दाहालले पार्टीका कुनै पनि नेतालाई जानकारी नदिई सुटुक्क सिलुगुढी पुगेर भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिसँग गोप्य भेटघाट गरेको आरोप लगाएको लगाउनु भएको छ । वादलले यस्तै संस्थापनको यस्तै मनोमानी जारीरहे आफूहरु पार्टीमा बस्न नसक्ने र बस्नुको पनि कुनै औचित्य नहुने बताउनुभएको थियो ।


No comments:

Post a Comment