लिबिया अन्तरिम सरकार प्रमुखविरुद्ध युद्ध अपराधीको अभियोग लाग्ने सम्भावना
मुअम्मार गद्धाफीको मृत्यु भएकोमा खवर पुष्टी भए लगत्तै राष्ट्रसंघका महासचिव बान कि मुनले प्रतिकृया दिए– गद्धाफी मर्नु एक ऐतिहासिक दिन हो।’ बेलायत, अमेरिका, फ्रान्सका शासक लगायतकाले समेत गद्धाफीको मृत्युमा खुसी सार्वजनिक गरिरहेका थिए। त्यही विचमा उत्साहितहुँदै मुनले समेत यसलाई ऐतिहासिक दिन भएको बताए। तर, उनी अर्न्तगतकै संयुक्त राष्ट्रसंघिय मानवअधिकार उच्चायुक्तको कार्यालयले गद्धाफीको मृत्यु नभई हत्या भएको भन्दै अनुसन्धानका लागी जोड दिएपछी मुन समेत संकटमा परे।
गद्धाफी हत्याको दोस्रो दिन उनको लासलाई कसरी कसैले पत्तो नपाउने गरी गाड्ने भन्ने बहस भईरहेकै बेला राष्ट्र संघिय मानवअधिकार उच्चायुक्तको कार्यालयले तत्काल गद्धाफीको अन्तीम संस्कार रोक्न माग गर्दै उनको भिडन्तमा मृत्यु भएको नभई पक्राउ गरी हत्या गरेको हुनसक्ने भनाई सार्वजनिक गरेर गद्धाफीको अन्त्य भएकोमा जश्न मनाईरहेकाहरु झस्किए। मुस्लिम संस्कार अनुसार मृत्यु लगत्तै अन्तिम संस्कार गर्नुपर्ने भएपनी उच्चायुक्त कार्यालयको हस्तक्षेपपछी गद्धाफीको अन्तीम संस्कार रोकिएको छ। गद्धाफीको हत्या भएको हो या भिडन्तमा मृत्यु भएको अहिले सबैको ध्यान यही विषयमा अड्किएको छ।
गद्धाफीको मृत्यु सम्बन्धमा टेलिभिजन च्यालनवाट सार्वजनिक भएका भिडियो फुटेजवाट भिडन्तमा मारिएको नभई विद्रोहीले नियन्त्रणमा लिएर लछार पछारी पारेर गोली हानेर मारेको प्रष्टै दखिन्छ। त्यही फुटेजको आधारमा मानव अधिकार उच्चायुक्त नवी पिल्लईले गद्धाफीको मृत्यु भिडन्तमा नभई हत्या भएको हुनसक्ने भन्दै यसलाई युद्ध अपराधसँग लगेर विष्लेशण भयो। त्यसपछी घटनाक्रमले वेग्लै मोड लिइसकेको छ।
राष्ट्रसंघिय मानवअधिकार उच्चायुक्तको कार्यालयको हस्तक्षेपपछी लिबियाको अन्तरिम सरकारका पदाधिकारी अत्तालिएका छन्। उनीहरुले गद्धाफीको मृत्यु भिडन्तमै भएको दावीलाई नै दोहोर्याईरहेका छन्। तर, सार्वजनिक फुटेजले उनीहरुको दावी झुठो भएको पुष्टी गरिरहेको छ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुवाट सार्वजनिक भइरहेका गद्धाफी सम्बन्धी भिडियो फुटेजमा प्रष्टै रुपमा सिर्तेको एक ह्युम पाइपमा लुकेर बसेका घाइते गद्धाफीलाई विद्रोही लडाकुले कपालमा समातेर लछार पछार पारेको र उनी ज्युदै भएकाले मार्नुपर्छ भन्दै गोली हानेर मारेको प्रष्टै देखिन्छ।
युद्धकोक्रममा नियन्त्रणमा लिइसकेका ब्यक्तिको हत्या गर्नु मानव अधिकारको उलंघन हो। त्यसैले अहिले राष्ट्रसंघ मानव अधिकार उच्चायोग यही कोणवाट गद्धाफी हत्याको विष्लेशणमा जुटेको छ।
यदी राष्ट्रसंघ दवावमा परेर निर्णय परिर्वतन गरेन भने लिबियाको अन्तरिम सरकारका प्रमुखमाथी युद्ध अपराधको अभियोग लाग्ने पक्का छ। तर, राष्ट्र संघलाई आफु अनुकुल उपयोग गर्न माहिर अमेरिका, बेलायत,फ्रान्स लगायत उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) अर्न्तगतका राष्ट्र लिबियाको अन्तरिम सरकारको पक्षमा छन्। उनीहरुको प्रभाव चलेमा लिबियाका अन्तरिम सरकारका प्रमुखहरु जोगिने सम्भावना पनि उत्तिकै छ।
तर दवाव दिन पनि सोचे जस्तो सहज छैन। खुल्ला हस्तक्षेप गर्दा मानव अधिकारको पक्षमा वकालत गर्दै आएका विकसित मुलुकका शासक नांगिने पक्का छ। जसलाई उनकै मुलुकवासीका लागी स्विकार्य हुन्न नै। त्यसैले होला गद्धाफी मारिएकोमा हर्षविभोर भएका अमेरिकाले लिबियाको अन्तरिम सरकारलाई गद्धाफी मृत्युका सबै घटनालाई पारदर्शी रुपमा सार्वजनिक गर्न अह्ाइसकेको छ।
टाउको र छातीमा गोली हाने
अन्तरिम सरकारले गद्धाफी भिडन्तमा मारिएको दावी गरिरहेकै बेला उसैको लडाकु समुहका रहेका एक युवाले भने गद्धाफीको हत्या कसरी भयो भन्ने विवरणनै सार्वजनिक गरेका छन्। इन्टरनेट मार्फत सार्वजनिक गराएको ति युवकको भिडियो क्लिपमा उनले गद्दाफी कसरी पक्राउ परे? र उनको हत्या कसरी भयो सबै विवरण उल्लेख गरेका छन्।
बेनघाजीका सानाद अल सादेक अल उरेइबीले आफैंले गद्धाफीलाई २ पटक गोली हानेर मारेको स्विकार गरेका छन्। मैले उसलाई दुई गोली हाने, एउटा काखीमा र अर्को टाउकोमा। ऊ तत्कालै मरेको थिएन। यसका लागि करिब आधा घण्टा लाग्यो”, ति युवाले दावी गरेका छन्। उनले आफू बेनघाजीको बिग्रेडबाट छुटिटएर सिर्तमा नयाँ सरकारको सेनामा भर्ना भएको पनि सार्वजनिक गरेका छन्।
‘गद्दाफी केही बालबालिकासँगै हिड्दै गरेको अवस्थामा हामी आइपुग्यौँ। उसले टोपी लगाएको थियो। हामीले उसलाई कपालबाट चिन्यौँ र मिस्रातीबाट आएको एक योद्धाले उ कद्दाफी भएको र त्यसलाई पक्रन जाउँ भन्यो”, उनले भनेका छन्।
उरेइबीले कद्दाफीको सुनको पिस्तोल लिएर उनलाई हतियारबिहीन बनाएपछी थप्पड हानेको बताए। ‘मैले उसलाई थप्पड हाने। उसले मलाई म उसको छोरा जस्तो भएको बताए। मैले दोस्रो पटक पनि थप्पड हाने। उसले भन्यो ‘म तिम्रो बाबु जस्तो हु।’ त्यसपछि मैले उसको कपाल समाते र पछारे ‘, उनले भने। गद्धाफी फेला परेपछी उनलाई बेनघाजीतर्फ लैजाने कि मिस्रातीतिर भन्ने विवादकाविच गोली हानेर उनको हत्या गरिएको थियो।
No comments:
Post a Comment