विश्वका धनी देशहरुका मानिसमा मोटोपन भयानक समस्याको रुपमा विकशित भैरहेको छ । मोटोपन मानिसको स्वास्थ्यका लागि मात्र हानिकारक छैन यो कार कम्पनीहरुलाई पनि टाउको दुखाइको विषय बनेको छ । मानिसहरुमा मोटोपन बढ्दै जाँदा कम्पनीहरुले उत्पादन गर्दै आएका कारको आकार बढाउनुपरेको छ ।
एक तथ्यांकले मानिसमा मोटोपन बढेकै कारण पछिल्लो ६० वर्षमा सामान्य कारको चौडाइ औषतमा एक फुटले बढाउनुपरेको छ । तौल पनि झण्डै दोब्बर भएको छ । ठूलो आकारका तिघ्रा, ठूलो आकारको सरीर तथा बढि चौडा औँलाको लागि अनुकुलित गर्न सोही प्रकारले कारको भित्री भाग समेत परिवर्तन गर्नुपरेको छ ।
सन् १९५३ मा फोर्ड पर्फ]{ट कारको चौडाइ १ सय ४४ सेन्टिमिटर रहेकोमा अहिले सोही मोडलको कारको चौडाइ १ सय ८६ सेन्टिमिटर छ । त्यस्तै होन्डाले पनि मोटेहरुलाई लक्षित गरी आफ्नो सिटको चौडाइ २ इन्चले बढाएको छ । यस्तै मर्सिडिज कारले मोटाहरु चढ्दा कारको सामान नटुटोस् भनेर ढोकाको ह्यान्डिललाई अझै बलियो पार्ने योजना बनाएको छ ।
कार ड्राइभर तथा कारमा चढ्ने अरु यात्रुको आकार बढेसँगै कारको आकार निरन्तर बढाउन नसकिने भएकाले अब नयाँ पुस्ताको कारलाई नयाँ ढाँचामा रुपान्तरण गर्ने सोँच कम्पनीहरुले बनाएका छन् ।
No comments:
Post a Comment