८ कात्तिक, सिन्धुली ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षका सचिव सीपी गजुरेलले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईलाई पार्टी छोडेर जान चेतावनी दिएका छन् ।
सिन्धुली सदरमुकाममा मंगलबार आयोजित एक कार्यक्रममा सचिव जगुरेलले प्रचण्ड र बाबुरामले नेपाली क्रान्तिमाथि धोका र गद्धारी गरेकाले उनीहरुलाई पार्टीमा बसिरहने नैतिक अधिकार नभएको दाबी गरे । प्रचण्ड र बाबुरामलाई कारबाही गरेर आफूहरुले पार्टीबाट बिदाई गरिदिने उनले घोषणा गरे । सचिव गजुरेलले भारतसँग प्रधानमन्त्री भट्टराईले गरेको बिपा सम्झौता राष्ट्रघाती भएको आरोप दोहोर्याए । प्रचण्ड बाुबरामले भारतको दलाली गर्नका लागि बिपा गरेको उनको आरोप छ । सम्झौताले भारतमा डुबेका उद्योग नेपाल भित्रने बाटो खुला गरेको उनको आरोप छ । बिपा सम्झौतामा भारतीय उद्योगले कमाएको नाफा आफ्नै देश लैजाने र घाटा भए नेपाल सरकारले व्यहोर्ने प्रावधान रहेको जिकिर गर्दै उनले त्यसबाट मुलुक आर्थिक टाट फर्किने भएकाले सोही कारण आफूहरुले बिपाको विरोध गरेको जिकिर गरे ।
प्रचण्ड र बाबुरामले क्रान्तिको कुरा छोडेर एकोहोरो शान्तिको मात्र कुरा गरिरहको भन्दै गजुरेलले आपत्ति जनाए । उनले पार्टी फुट्ने या जुट्ने कुराको निधो आगामी केन्द्रीय समिति बैठकबाट हुने खुलासासमेत गरे । अर्को एक प्रसङ्गमा उनले बाबुराम भट्टराई प्रधानमन्त्री भए चमत्कार नै देखाइदिन्छन् भन्ने भ्रमबाट बुद्धिजिवीहरु विस्तारै मुक्त हुँदै गएको भन्दै खुसी व्यक्त गरे ।
No comments:
Post a Comment