सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग 'हाम्रो दिमिक अनलाइन'
पटिल्लो पटक : लिबियाका अपदस्त शासक...<< कसरी पडक्यो मान्छे मर्ने गरी कम्प्युटर...<< सेनाको विमान खसेको ठाउँको फोटो फिचर<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< Sponsered by Garhaun Kalika Online

Tuesday, October 25, 2011

५२७ नेपाली विद्यार्थी अस्ट्रेलियाबाट देशनिकाला


महिला विद्यार्थी गैरकानुनी वेश्यालयमा समेत काम गर्थे

अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुमाथि कडा निगरानी गर्न थालेपछि गत वर्ष हजारौँलाई विद्यार्थी भिसा रद्द गर्दै देश निकाला गरिएको छ। त्यसरी निकाला हुने मध्ये ५ सय २७ जना नेपालका परेका छन्। त्यहाँको अध्यागमन विभागले गएको वर्ष १५ हजार ६६ जना विद्यार्थीलाई देश निकाला गरेको थियो, जुन अघिल्लो वर्षभन्दा ३७ प्रतिशतले बढी हो। निकाला भएका मध्ये ३ हजार ६ सय २४ जना क्लासमा नजाने वा विषयमा फेल हुनेहरु छन् भने २ हजार २ सय ३५ भिसा आफूले जे विषय पढ्छु भनेर आएको हो, त्यो नपढी गैरकानुनी रुपमा काम गर्नेहरुको रद्द भएको हो। द डेली टेलिग्राफका अनुसार ती मध्ये केही वेश्यालयमा समेत काम गर्थे। देश निकाला गरिएका ५२७ जना नेपाली मध्ये कति पुरुष र कति महिला भन्ने तथ्याङ्क आएको छैन, वेश्यालयमा काम गरिरहेको भन्दै निकाला गरिनेमा नेपाली छात्राहरु पनि परेका छन् कि छैनन्, खुलेको छैन। तर दुई वर्षअघि अस्ट्रेलियामा रहेको नेपाली दूतावासले यस्तो लेखी सरकारलाई सचेत गराएको थियो-
“विद्यार्थीका रुपमा अस्ट्रेलिया आएका कतिपय नेपाली युवती रोजगारी नपाएपछि बेखर्ची भएर देहव्यापारमा लाग्न बाध्य भएका छन् भन्ने सुन्नमा आएको छ। भविष्यमा यो समस्या झन् गम्भीर बन्न सक्छ”

अस्ट्रेलियाले अहिले खास गरी भोकेसनल ट्रेनलिङ लेभलको पढाइ गर्न भिसा लिएका विद्यार्थीहरु जस्तै कुकिङ, हेयरड्रेसिङ आदिक अध्ययनका लागि भिसा पाएकाहरुलाई तारो बनाइराखेको छ।
नेपालीहरु पनि पीआर (स्थायी बसोबास) पाउने लोभमा अध्ययनको बहानामा अस्ट्रेलिया पुग्नेहरुको संख्या बढ्दो छ। उमेर ढल्केकाहरु पनि पीआर कै लोभमा त्यहाँ च्याउ झैँ खुलेका निजी कलेजमा कुकिङ, कपाल काट्ने, बूढाबूढीको हेरचाह गर्ने जस्ता विषयमा डिप्लोमा पढ्ने बहानामा त्यहाँ पुगेको पनि दूतावासको चिठीमा उल्लेख थियो।
अस्ट‌्रेलियाको अध्यागमन विभागले आठ किसिमका विद्यार्थी भिसा दिने गर्छ जसमा भोकेसनल ट्रेनिङ, युनभर्सिटी, अंग्रेजी भाषा कोर्स र विद्यालय शिक्षा पनि समावेश हुन्छ। विभागले कडा निगरानी गरे पनि केही विद्यार्थी भने पढाइ सकेर घर नफर्की गैरकानुनी आप्रवासीका रुपमा बसिरहेका हुन्छन्। विभागको वार्षिक प्रतिवेदनले गएको वर्षमात्रै ८ हजार ३ सय ९ विद्यार्थी भिसा पाएकाहरु गैरकानुनी भएको देखाएको छ। उनीहरुले विद्यार्थी भिसाको मिति सकिएपछि पनि अर्को भिसाको लागि आवेदन दिएका थिएनन्।
अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको स‍ंख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन। अनौपचारिक तथ्याङ्कहरुले त्यहाँ ५० हजारभन्दा बढी नेपाली रहेको बताउँछ।
के देखेर होला कुन्नि, सभासदहरुको रातो पासपोर्ट किनेर उडेका निर्मल बानिया, केदार पौडेल पनि अस्ट्रेलिया मै छन्।
नेपाली विद्यार्थी सडकपेटी र पार्कहरुमा जथाभावी सुत्‍ने गरेको र ‘खराब’ क्रियाकलापमा समेत सहभागी हुने गरेपछि अस्ट्रेलिया सरकारलाई टेन्सन भएको गुनासो दुई वर्ष अघि अस्ट्रेलियाका राजदूतले नेपाली कुटनीतिक अधिकारीहरुलाई गरेकी थिइन्। राजदूत ग्रेसले म्यानपावर कम्पनी जस्ता बनेका एजुकेसनल कन्सलट्यान्सीहरुले भए नभएका आश्वासन दिएर प्रलोभनका पारी विद्यार्थीहरु अस्ट्रेलिया पठाउनाले समस्या निम्तिएको बताएकी थिइन्।

No comments:

Post a Comment